कञ्चनपुर कारागारमा झडप हुँदा सात जना घाईते

  शनिबार ०५, पुष २०८२ ०८:०७

कञ्चनपुर । कञ्चनपुर कारागारमा शुक्रबार दिउँसो झडप हुँदा सात जना कैदीबन्दी घाइते भएका छन् । कारागारमा कैदीबिच भएको झडपका क्रममा ७ कैदीबन्दी घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा किरण सिंह, करण कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, संजिव भण्डारी र जनक खड्का रहेका छन् । जसमध्ये, किरण सिंह, करण कुवँर, दिनेश कुवँर र राजेन्द्र सुधारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका चार जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए । झडपको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

clock शनिबार ०५, पुष २०८२ ०८:०७

प्रतिक्रिया