सुदूरपश्चिमका पहाडी भू–भागमा आज आंशिक बदली रहने

  शनिबार ०५, पुष २०८२ ०८:०१

धनगढी । आज सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहने जन तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार प्रदेशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

clock शनिबार ०५, पुष २०८२ ०८:०१

प्रतिक्रिया