राष्ट्रिय युवा संघ कञ्चनपुरको इन्चार्जमा बस्नेत

  मङ्गलबार १९, असार २०८० १४:३५

धनगढी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको इन्चार्जको जिम्मेवारी ओम बस्नेतले पाएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता एवंम् वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका बस्नेतले युवा संघको इन्चार्जको जिम्मेवारी पाएका हुन् ।

एमाले जिल्ला कमिटिको बैठकले इन्चार्ज तोकेको हो । उनी पार्टीको जिल्ला सचिवालय सदस्य समेत मनोनित भएका छन् ।

clock मङ्गलबार १९, असार २०८० १४:३५

प्रतिक्रिया