दार्चुलाको कालापानी आसपास क्षेत्रमा भूकम्पको धक्का

  बुधबार २४, मङि्सर २०८२ ०७:५६

दार्चुला । दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर राति ९ः२४ मिनेट जाँदा चार दशमलटव तीन रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि सोमवार साँझ बाजुरा जिल्लाको मार्तडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर ससाना भूकम्प जानेक्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठुला भूकम्प जाने गरेको छ।

clock बुधबार २४, मङि्सर २०८२ ०७:५६

प्रतिक्रिया