नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ मा प्रतिनिधि सभा निर्वाचनका लागि ७ जनाको नाम दर्ता
अत्तरिया । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ मा ७ जनाले उम्मेदवार हुनका लागि नाम दर्ता गरेका छन् ।
क्षेत्र नं. ४ मा यसअघिका प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायर लगायत ७ जनाले उम्मेदवारका लागी पार्टी कार्यालयमा नाम दर्ता गरेका हुन ।
आईतबार र सोमबार दुई दिनमा ७ जनाले उम्मेदवार हुने भन्दै नाम दर्ता गराएको कांग्रेस कैलाली क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकायाले जानकारी दिए ।
उनका अनुसार उम्मेदवार हुने भन्दै नाम दर्ता गराउनेहरुमा बलायर सहित विजय कुँवर, लोकराज पाण्डेय ‘आगो’, दिनेशराज जोशी, नैन सिँ महर र युवा प्रतिनिधिका रुपमा भुवन महरा रहेका छन ।
यसैगरी राष्ट्रिय सभा सदस्यका लागि क्षेत्र नं. ४ मा ३ जनाले नाम दर्ता गरेका छन । जसमा डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरा दत्त भट्ट रहेको रोकायाले बताए ।
रोकायाका अनुसार निर्वाचनमा समानुपातीक तर्फ ६ जनाले नाम दर्ता गराएका छन । जसमा यज्ञनिधि कोइराला, जानकी पाल, खडक सिँ बडैला, गोपाल बहादुर देउवा, गंगा कामी र रमेश ताम्राकार रहेको उनले बताए ।
पार्टीको केन्द्रिय परिपत्र अनुसार नाम दर्ता गर्न आह्वान गरेको बताउदै रोकायाले नाम दर्ता गरेका उम्मेदवारहरु बिच मंगलबार छलफल गरी अन्तिम निर्णय लिईने बताए ।
प्रतिक्रिया