डोटी घर भएका असइले गरे चार महिने छोराको हत्या, पत्नीमाथि पनि आक्रमण

  सोमबार २२, मङि्सर २०८२ १६:५०

धनगढी । डोटी घरमा भएका एकजना असइमाथि आफ्नै चार महिने छोराको हत्या गरेको अभियोग लागेको छ । चार महिने छोराको विभत्स तरिकाले हत्या गरी श्रीमतीलाई समेत कुटपिट गरेको आरोपमा डोटीको शिखर नगरपालिका–५ का पुष्कर कार्की नागढुंगाबाट पक्राउ परेका हुन् । 

उनी प्रहरी जवान रहेकी श्रीमती विस्ना साउदसंगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । सिनामंगलमा डेरा गरी बस्ने कार्कीको छोरा जन्मजात ब्रेन ट्युमरको बिरामी भएको बताइएको छ । उपचारमा रकम अभाव भएपछि उनीहरूले आफन्त र साथीभाइबाट सहयोग जुटाइरहेका थिए । 

पत्नी विस्नासँग छोराको विषयलाई लिएर सामान्य भनाभन भएको बताइएको छ । सोही क्रममा उनले अन्धाधुन्ध चक्कु प्रहार गरी खाटमा सुतिरहेका छोराको घाँटी रेटेको र पत्नीले प्रतिवाद गर्दा उनलाई पनि आक्रमण गरेको बताइएको छ । 

शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बनेकी विस्ना महाराजगन्जस्थित नेपाल प्रहरीको अस्पतालको आईसीयूमा उपचाररत् छिन् । पुष्करले गतवर्ष मात्रै बिहे गरेका थिए । 

clock सोमबार २२, मङि्सर २०८२ १६:५०

प्रतिक्रिया