देशमा पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

  सोमबार २२, मङि्सर २०८२ ०७:२८

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू–भागको एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू–भागको एक-दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको छ।

clock सोमबार २२, मङि्सर २०८२ ०७:२८

प्रतिक्रिया