देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव

  आइतबार २१, मङि्सर २०८२ ०८:४७

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ। 

कोशी,मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एकदुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुनेछ।

त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ। 

गण्डकी प्रदेशका हिमाली भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

clock आइतबार २१, मङि्सर २०८२ ०८:४७

प्रतिक्रिया