बझाङका सिंहले गरे एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  शनिबार २०, मङि्सर २०८२ ०९:१९

धनगढी । बझाङका लोकेन्द्र बहादुर सिंह (एलबी) ले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सिंहले २७ देखि २९ मंसिरसम्म काठमाडौँमा हुने ११औँ राष्ट्रिय महाधिवेशनमा युवातर्फ खुला केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

शुक्रबार धनगढीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सिंहले आफ्नो उम्मेदवारी घोषणा गर्दै सुदूरपश्चिम प्रदेशबाट आफू सशक्त उम्मेदवार भएको बताए । एमालेको भूमि अधिकार तथा श्रमिक संगठनका केन्द्रीय उपमहासचिव रहेका सिंह सोही संगठनबाट महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

सिंहले एमाले निकट अनेरास्ववियुको समेत नेतृत्व गरिसकेका छन् । २०५७ सालदेखि अनेरास्ववियुमा क्रियाशिल सिंहले उक्त संगठनको केन्द्रीय सचिव भएका काम गरिसकेका छन् । २०६२ मा बझाङ अध्यक्ष, स्थायी कमिटी, सचिवालय हुदै सुदूरपश्चिम इन्चार्जको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

पार्टीमा संस्थापन निकट मानिने सिंह राम्रो छवि भएको युवा नेताका रुपमा चिनिन्छन् । एमालेको केन्द्रीय महाधिवेशन नजिकिएसँगैसुदूरपश्चिम प्रदेशबाट युवाहरुले उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।

पार्टीले केन्द्रीय कमिटीमा १० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरेपछि प्रदेशका विभिन्न जिल्ला र जनवर्गीय संगठनबाट प्रतिनिधि बनेका युवाहरु उम्मेदवारी घोषणा गर्दै माहोल बनाउन सक्रिय बनेका छन् ।

clock शनिबार २०, मङि्सर २०८२ ०९:१९

प्रतिक्रिया