को बन्ला धनगढी जेसीज २०२६ को अध्यक्ष ?

  शनिबार २०, मङि्सर २०८२ ०९:१४

धनगढी । धनगढी जेसीज २०२६ को अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । मंसिर २७ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा हालका महासचिव आशिष शाह, धनगढी जेसिज २०२३ का महासचिव महेश्वर ओझा र २०२३ कै कार्यकारिणी उपाध्यक्ष मनिष कुँवरले उम्मेदवारी दर्ता गराएका हुन् । 

अध्यक्ष पदमा उम्मेदवारी दर्ता भएसंगै जेसीजको चुनावी माहोल तातेको छ । अध्यक्षका तीनै उम्मेदवारले प्रतिस्पर्धाबाट पछाडि नहट्ने अडान लिएका छन् ।

अध्यक्ष पदका तीनै उम्मेदवारले आफ्नो पक्षमा नजिता ल्याउन मतदाता रिझाइरहेका छन् । उनीहरूले संस्था सुदृढीकरण, युवाको नेतृत्व विकास, सामाजिक सेवा तथा उद्यमशीलता प्रवर्द्धनलाई एजेन्डा बनाएका छन् ।

अध्यक्षबाहेक अन्य पदाधिकारी भने सर्वसम्मत चयन भएका छन् । कार्यकारिणी उपाध्यक्षमा भरतराज जोशी र सन्तोष पन्त, उपाध्यक्षमा भुवन बिष्ट, सविन रोकाया, विनोद बलायर र दिपेश बोहरा चयन भएका छन् ।

clock शनिबार २०, मङि्सर २०८२ ०९:१४

प्रतिक्रिया