अत्तरियाबाट साढे ७ किलो चरेससहित चार जना पक्राउ

  शनिबार २०, मङि्सर २०८२ ०७:३२

धनगढी । कैलालीमा साढे ७ किलो चरेससहित चार जनालाई पक्राउ गरिएको छ । गोदावरी नगरपालिका-२ अत्तरिया बजारमा रहेको नमस्ते अन्नपूर्ण होटलबाट शुक्रबार साँझ साढे ६ बजे चरेससहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बझाङको छबिसपाथीभेरा गाउँपालिका(७ का बमबहादुर धामी(२९), ५ बस्ने जनक जाग्री(४२) , सुर्मा गाउँपालिका(३ का अमृत बोहरा (२५) र दार्चुलाको महाकाली नगरपालिका-२ का रूपसिंह सितोली(५०) रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी उपरीक्षकद (डीएसपी) रणबहादुर चन्दले बताए ।

उनकाअनुसार होटलमा चरेसको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले चारै जनालाई होटलबाटै नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट एउटा डिजिटल तराजु समेत बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock शनिबार २०, मङि्सर २०८२ ०७:३२

प्रतिक्रिया