डोटीकाे सायलमा जन्ती बोकेको जिप दुर्घटना

  बिहिबार १८, मङि्सर २०८२ १३:०९

डोटी । डोटीको सायल गाउँपालिका–२ मा जिप दुर्घटना भएकाे छ ।

 

डाेटीकाे सायलबाट जन्ती लिएर महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१च ४२५० नम्बरको बोलेरो जिप आज बिहान करिब १० बजे दुर्घटनामा परेको छ।

 

सायल गाउँपालिका–४ खालिखोला नजिक जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

 

जिपमा सवार यात्रुहरू भने सकुशल नै छन् । जिप सडकबाट ६० मिटर तल खसेको छ।

clock बिहिबार १८, मङि्सर २०८२ १३:०९

प्रतिक्रिया