धनगढीबाट खैरो हेरोइन सहित २ जना पक्राउ
धनगढी । कैलालीको धनगढीबाट लागू औषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट २४ वर्षीय आकाश राना पक्राउ परेका छन।
उनको साथबाट २ ग्राम २८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसतै धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट डोटीको दिपायल सिलगडि नगरपालिका–४ बस्ने ३२ वर्षीय दिपेन्द्र वड पक्राउ परेका छन्। उनको साथबाट ६४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया