बझाङबाट माईतिघर कैलाली आएकी एक महिलाको करेन्ट लागेर मृत्यु

  बुधबार १०, मङि्सर २०८२ १०:०७

धनगढी । बझाङबाट माईतिघर कैलाली आएकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

कैलालीको घोडाघोडी नगरपालिका–१ लक्ष्मिपुर माईतिघरमा आएकी ४२ वर्षीया कमला विकको माईतिघरको नल्कामा मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर मंगलवार मृत्यु भएको हो। 

करेन्ट लागेर गम्भिर घाइते भएकी विकलाई उपचारको लागी घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। सो सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ।

clock बुधबार १०, मङि्सर २०८२ १०:०७

प्रतिक्रिया