आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

  शनिबार ०६, मङि्सर २०८२ ०८:३१

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । 

आज राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहने छ ।

clock शनिबार ०६, मङि्सर २०८२ ०८:३१

प्रतिक्रिया