गोदावरी– २ द्धारा वडाबासीलाई प्याज र च्याउको विउ वितरण
अत्तरिया । कैलालीको गोदावरी नगरपालिका– २ ले वडाबासीलाई प्याज र च्याउको बिउ वितरण गरेको छ । बुधबार वडाले वडाबासीहरुलाई करिब ३ लाख बराबरका प्याज र च्याउको विउ वितरण गरेको हो ।
वडाध्यक्ष यज्ञ बहादुर महराले वडाबासीहरुको सहजताका लागि प्याज र च्याउको विउ वितरण गरिएको बताए । उनले वडाले निःशूल्क रुपमा वडाको बजेट बाट उक्त विउहरु वितरण गरेको बताए ।
‘हामीले चालु आर्थिक वर्षमा प्याज र च्याउको विउ वितरणका लागि बजेट विनियोजन गरेका थियौँ’ उनले भने ‘सो रकमले वडाबासीहरुलाई विउ वितरण गरिरहेका छौ ।’ उनले प्याजको विउका लागि वडाले १ लाख ५० हजार र च्याउको विउका लागि पनि सोही बराबरको रकम विनियोजन गरेको बताए ।
उनले वडासँग बजेट थोरै हुने भएकाले विउ वितरणका लागि बढी रकम बिनियोजन गर्न नसकिएको बताए । उनले वडाले विगतदेखी नै विभिन्न प्रकारका विउहरु वितरण गरिरहेको बताए ।
एक घरबाट एक जनालाई मात्रै विउ वितरण गरिने र त्यसका लागि उसले आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ल्याएर आउनुपर्ने वडाध्यक्ष महराको भनाई छ ।
वडाले निःशूल्क विउ वितरण गर्न थालेपछि वडाकार्यालयमा भिड लागेको थियो ।
प्रतिक्रिया