कैलालीका सीडीयो र सुदूरपश्चिम प्रहरी प्रमुखले गरे कैलाली कारागारको निरीक्षण
धनगढी । कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले जिल्ला कारागार कैलालीको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा कारागारबाट प्रदान गरिने सेवा प्रवाह, कैदीबन्दीको सङ्ख्या, कारागारको सुरक्षा अवस्था, कैदिबन्दिको सेवा सुबिधा लगायतका विषयमा जानकारी लिएका थिए ।
साथै कारागारमा कार्यरत कारागार प्रशासन तथा कैदिबन्दीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन समेत निर्देशन दिए ।
निरीक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी उपरीक्षक गौतम मिश्र, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र वहादुर चन्द लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया