दार्चुलामा बेवारिसे अवस्थामा २ थान भरुवा बन्दुक फेला
दार्चुला । दार्चुलामा बेवारिसे अवस्थामा २ थान भरुवा बन्दुक फेला परेको छ।
जिल्लाको अपिहिमाल गाउँपालिका–१ खायाकोट स्थित जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक २ थान प्रहरी चौकी खण्डेश्वरी, दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमवार फेला पारी नियन्त्रणमा लिएको छ।
सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ।
प्रतिक्रिया