टाइगर अभी जिन्दा हे भन्दै लेखराज भट्टले भने-संविधानको फैसला गजेडीले होइन, जनताले गर्छन्
धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले मुलुककाे राष्ट्रियता, सार्वभाैगिकता र राष्ट्रिय अखण्डताका निमित्त एमाले फेरि पनि संघर्ष गर्न तयार रहेकाे बताएका छन् ।
एमाले कैलालीले शनिबार धनगढीमा आयोजना गरेको जनसभाई सम्बाेधन गर्दै पार्टीका सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता भट्टले देश र जनताकाे लागि जेसुकै बलिदान गर्न पनि तयार रहेकाे बताएका हुन् ।
टाइगर अभी जिन्दा हे भन्दै नेता भट्टले प्रतिनिधिसभा पुन: स्थापना गर्दै मुलुकलाई निकास दिएर राष्ट्रियता जाेगाउन संघर्ष गर्न एमाले पंक्ति जिउँदाे रहेकाे उल्लेख गरे ।
"एमाले देश र जनताकाे लागि जेसुकै बलिदान गर्न पनि तयार छ । एउटा हिन्दी फिल्ममा छ, टाइगर अभि जिन्दा हे । एमाले अझै जिउँदाे छ," उनले भने, "राष्ट्रियताका निमित्त,सार्वभाैगिकताका निमित्त, अखण्डताका निमित्त फेरि पनि बलिदान गर्न तयार छ । तयार हुनु पनि पर्छ । देशलाई बचाउनुपर्छ । तब मात्र विकास र समृद्धि आउँछ ।"
देशलाई स्वतन्त्र राख्ने कि कसैकाे अधिनमा पार्ने भन्ने अहिलेकाे मुख्य लडाइँ भएको उनले बताए । एमालेले देश स्वतन्त्र रहनुपर्छ भन्ने मान्यता राख्ने बताउँदै उनले राष्ट्रियताकाे पक्षमा एमाले दृढ भएर उभिएकै कारण प्रहार भइरहेको बताए ।
संविधानकाे व्याख्या गर्ने पूर्व प्रधान न्यायाधीश सुशीला कार्की संविधानकाे खिल्ली उडाउदै प्रधानमन्त्री बनेकाे बताए । भट्टले एमालेले संविधानलाई जिउँदाे बनाउनका निमित्त विघटित प्रतिनिधि सभा पुन: स्थापना माग गरिरहेकाे तर नेपाली जनताले ठूलाे बलिदानबाट बनाएकाे संविधान गजेडीले फाल्ने कि राख्ने भनिरहेकाेमा आक्रोश व्यक्त गरेका छन् ।
"याे संविधान राख्ने कि फाल्ने म अकर्मण्यतामा छु । निर्णय गर्न सकेकाे छैन् । एउटा ड्रगिस्ट गजेडीले जनताले बनाएकाे संविधान मैले के गर्ने भन्छ ?" उनले भने, "याे संविधानलाई के गर्ने भन्ने अधिकार नेपाली जनतालाई मात्र छ ।संशाेधन गर्ने कि फाल्ने ? याे अधिकार कुनै नसेडीलाई हाेइन । जनतालाई छ ।"
जेनजी पुस्ता हाे कि आन्दोलन ? भदौ २३ र २४ काे घटना क्रान्ति हाे कि प्रतिक्रान्ति हाे ? छुट्याउन जरूरी रहेकाे बताए ।
एमालले भने त्याे घटना आन्दोलन नभएर प्रतिक्रान्तिका भएकाे बताइसकेकाे उनकाे भनाइ छ ।
शनिबारकाे प्रदर्शन सुरूवात मात्र भएको बताउँदै भट्टले संसद पुन:स्थापना नभएसम्म चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम जारी राख्ने उनी बताउँछन् ।
धनगढी उपमहानगरपालिकाकाे अगाडि आयाेजित सभालाई भट्ट अघि पार्टी पाेलिट ब्युराे सदस्य एवंम कैलाली इन्चार्ज नारदमुनी राना र पाेलिट ब्युराे सदस्य लिला भण्डारीले समेत सम्बाेधन गरेका थिए ।
जनसभाकाे अध्यक्षता एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाले गरेका थिए । उनीहरूले पनि संसद पुन: स्थापनामा जाेड दिएका थिए ।
त्यसअघि धनगढीकाे ट्राफिक चाैराहदेखि पार्क माेड सम्म सांस्कृतिक झाकीसहित र्याली समेत निकालिएकाे थियाे ।
एमालेले पार्टी केन्द्रकाे नीतिअनुसार सुदूरपश्चिमका सबै जिल्ला सदरमुकाममा शनिबार एकसाथ प्रदर्शन गरेकाे थियाे । सबै जिल्लामा सम्बन्धित भूगाेलका नेताहरूले जनसभालाई सम्बाेधन गरेका छन् ।
प्रतिक्रिया