प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

  बिहिबार २७, कार्तिक २०८२ १२:२४

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाउनु भएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिनु भएको हो ।

दर्ज्यानी चिह्न लगाएपछि कार्कीले प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा अनुसारको काम गर्ने बताउनुभएको छ ।

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी ९महानिरीक्षक० चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले नेपाल प्रहरीको कमाण्ड कार्कीले सम्हाल्नु भएको हो ।

कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

clock बिहिबार २७, कार्तिक २०८२ १२:२४

प्रतिक्रिया