प्रचण्ड–माधवतिर लाग्दै एमाले केन्द्रीय सदस्य शाहले भने– ऋतु बदलिए, ओली बदलिएनन्

  बुधबार २६, कार्तिक २०८२ १५:५१

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह पनि प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनी नेपाली कम्यनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

 

बाजुरा निवासी शाह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला र आर्थिक योजना मन्त्रीसमेत बनेका थिए ।

 

प्रचण्डलाई ‘गणतन्त्र नेपालका निर्माता’ भनेर सम्बोधन सुरु गरेका शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे । उनले भने, ‘ऋतु बदलिए, मौसम बदलिए तर केपी शर्मा ओलीको अहंकार बदलिएको छैन, दम्भ बदलिएको छैन ।’

 

ओलीले भीम रावलको आवाजलाई निमोठ्ने हर्कत गरेको आरोप समेत उनले लगाए ।

 

उनले देश संकटमा परेका बेला सबै कम्युनिस्टहरु एकताबद्ध हुनुपर्ने आह्वान युगले गरेको बताए ।

 

 

clock बुधबार २६, कार्तिक २०८२ १५:५१

प्रतिक्रिया