कैलालीको तेघरीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

  बुधबार १९, कार्तिक २०८२ ०८:०६

अत्तरिया । कैलालीको तेघरीमा बसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।

बुधबार (आज) बिहान गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित तेघरी ब्यारेक नजिक ना ५ ख ५२५ नम्बरको बसले स्थानीय अन्दाजी ८२ वर्षीय दिलमाया शिरिषलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock बुधबार १९, कार्तिक २०८२ ०८:०६

प्रतिक्रिया