नेपाली कांग्रेसद्धारा आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी

  मङ्गलबार १२, असार २०८० १३:२६

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गर्नुभएको हो ।

बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ । बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

यद्यपि,सत्तारुढ दलका शीर्ष नेताहरूबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने विषयमा सहमति बनिसकेको नेताहरूको दाबी छ ।

clock मङ्गलबार १२, असार २०८० १३:२६

प्रतिक्रिया