जिल्ला निर्वाचन कार्यालयहरू जिप्रकामा गाभ्ने निर्णय फिर्ता हुन्छ : कांग्रेस मुख्य सचेतक लेखक

  मङ्गलबार १२, असार २०८० १३:०३

काठमाडौँ  । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा गाभ्ने बजेटको व्यवस्था संशोधन हुने प्रतिबद्धता जनाएका छन् ।

एमाले र रास्वपाले जिल्ला निर्वाचन कार्यालय गाभ्ने निर्णय सच्याउनुपर्ने माग गर्दै प्रतिनिधिसभाको कारबाही अवरोध गरेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

"अहिलेको नेपाल सरकारको आर्थिक वर्षको बजेटको सन्दर्भमा आयोगका विभिन्न कार्यालयमा गाभ्ने भन्ने कन्फ्यूजन भएको छ," लेखकले भने, "आयोगका कार्यालयहरु स्वतन्त्र नै रहने गरी अर्थमन्त्रीले आजै प्रतिबद्धता जनाउनुहुन्छ कांग्रेस पनि यही पक्षमा छ ।"

लेखकले आयोगका कार्यालयहरु स्वतन्त्र राख्नेबारे राजनीतिक तहमै सहमति भइसकेको उनले जानकारी दिए ।

"आयोग कार्यालय नै रहने गरेर अघि बढ्ने गरी अर्थमन्त्रीले प्रतिबद्धता गर्नुहुनेछ । त्यसैले सरकार यो पक्षमा प्रतिबद्धता गर्छ । नेपाली कांग्रेस संसदीय दल पनि यो प्रतिबद्धता गर्दछ," लेखकले भने ।

clock मङ्गलबार १२, असार २०८० १३:०३

प्रतिक्रिया