कैलालीकाे फल्टुडेमा बस र ट्याङ्कर एक आपसमा ठोक्किए

  सोमबार १७, कार्तिक २०८२ १३:४८

कैलाली । कैलालीको फल्टुडेमा बस र ट्याङ्कर एक आपसमा ठोक्किएका छन् ।

सोमबार बिहान सुप प्र ०१००१ख १२६१ नम्बरको बस र मधेस प्रदेश ०१०१ ७५९९ नम्बरको ट्याङ्कर एक आपसमा ठोक्किएका हुन ।

दुर्घटनापछि सडक अवरुद्ध भएर एकतर्फी सवारी साधन सञ्चालन गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा सवारी साधनमा क्षति पुगे पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

clock सोमबार १७, कार्तिक २०८२ १३:४८

प्रतिक्रिया