कैलालीमा मोटरसाइकलको हेडलाईट भित्र लुकाइएको लागू औषध सहित २ जना पक्राउ
धनगढी । कैलालीमा प्रहरीले मोटरसाइकलको हेडलाईट भित्र लुकाइएको लागू औषध सहित २ जना पक्राउ गरेको छ ।
शनिवार साँझ टीकापुर नगरपालिका – ९ खक्रौला भन्सार चेकपोस्ट स्थित बा ७५ प८९२९ नम्बरको मोटरसाइकलको हेड लाइटको कबर भित्र लुकाई राखेको लागू औषध सहित २ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक जानकी गाउँपालिका – ९ अमरावतीका २२ वर्षीय टेक बहादुर साउँद र मोटरसाइकल पछाडि सवार सोही २५ वर्षीय रमेश टमाटा रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
दुवै जनाको साथबाट ४ ग्राम ९७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको छ । दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया