तीनतारे होटल किनेर पैसा नतिरेपछि व्यवसायी श्रेष्ठविरुद्ध पक्राउ पुर्जी

  मङ्गलबार १२, असार २०८० १२:१२

धनगढी । धनगढीमा अत्याधुनिक होटल सञ्चालन गरेर सेवा दिएका होटल तथा पर्यटन व्यवसायी कृष्णबहादुर महरालाई काठमाडौको व्यवसायी घरानाका पूर्वशिक्षा राज्यमन्त्री एवं व्यवसायी सिनेट श्रेष्ठले लेनदेनमा धोका दिएका छन् ।

महराले चेककै भरमा डिभोटी होटल श्रेष्ठको नाममा पास गरि दिएकोमा अहिलेसम्म पैसा नदिएको भेटिएको हो । प्राप्त बैंकका चेक अनुसार महरालाई उनले तीन करोड २६ लाख रुपियाँ दिन वाँकी रहेको छ । महराले श्रेष्ठलाई चार वर्षअघि २० करोड रुपियाँ नगद र २० प्रतिशत आफ्नो सेयर रहने गरेर तीनतारे होटल डिभोटी बिक्री गरेका थिए ।

‘मेरो केही ऋण तिर्नुपर्ने भएकाले सिनेट श्रेष्ठलाई विश्वास गरेर चेक लिएर होटल नामसारी (पास) गरिदिएको थिएँँ, महराले फेसबुकमा लेखेका छन् बैंकको रिण थेग्न नसकिने भएपछि २०७६ सालमा आफूले भावनामा बगेर सञ्चालन गरेको होटेल डिभोटी घर जग्गा सबै मायाजाल र विश्वासमा परि चेककै भरमा नामसारी गरिदिए तर अहिलेसम्म न यो तस्बिरमा देखिने अन्तर्राष्ट्रिय ठग सिनेट श्रेष्ठ (स्व. दिलबहादुर श्रेष्ठको छोरो महेन्द्रा गाडीको नेपालकै डिस्ट्रीब्युटर क्याबिनेट श्रेष्ठको दाजुसङ्ग) हिसाब नै क्लियर भयो न यी ठगहरुका चेक नै साटिए न बैंकको रिण नै चुक्ता भयो भने आफू बैंकको ऋण समयमा तिर्न नसकेकोमा दुर्घटनामा पर्दैछु ।


श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी

पूर्वशिक्षा राज्यमन्त्री एवं व्यवसायी सिनेट श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उच्च अदालत दिपायलले जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीलाई पत्र पठाउँदै श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

श्रेष्ठले चार वर्षअघि धनगढीस्थित तीनतारे होटल ‘डिभोटी’ खरिद गर्दा ३ करोड २६ लाख रुपैयाँको चेक अनादर (बाउन्स) गरेको भन्दै होटल विक्रेता तथा पर्यटन व्यवसायी कृष्णबहादुर महराले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका थिए।

352983004_220824924111064_3078117493079335249_n1687266782.jpg

clock मङ्गलबार १२, असार २०८० १२:१२

प्रतिक्रिया