रूपान्तरणका लागि एकता
चाहे मिराज हुन् या सुदन,
रवि हुन् या बालेन।
रक्षा हुन् कि भावना
सुमना हुन् कि हर्क ।
गोपी हुन् कि सागर!
नामहरू फरक छन्,
तर सपना एउटै - रूपान्तरणको।
हामी चाहन्छौं सुसासन,
आर्थिक समृद्धि, राजनैतिक स्थिरता, र परिपक्व लोकतन्त्र।
तर जबसम्म हामी एउटै आवाजमा बोल्दैनौं,
एउटै दिशामा हिँड्दैनौं।
यो आन्दोलन कहिल्यै सशक्त बन्न सक्दैन।
फेरि पनि प्रश्न छ
हामीले खोजेको उहीँ गुलामी कि नयाँ रूपान्तरणको सलामी?
टाढा पुग्न चाहन्छौं र पुग्नु छ भने सँगै जानुहोस्।
`म म´ भन्ने अहं त्यागौं, फलोअर होइन, सहकार्य बढाऔं।
किनभने
देश बदल्नेहरू स्टन्ट गर्दैनन्,
उनीहरू एकतामा उभिन्छन्।
एकताको बाटो कठिन छ,
तर सम्भव छ। यदि तपाईंसँग साहस छ र परिवर्तन तपाईंकाे लक्ष्य हो भने। सम्भव छ।
कृपया सबै एकै स्थानमा हुनुहोस्। एउटा पार्टी बनाउनुहोस्। १० वटा पार्टी बनाउनु भनेको थप कम्जोर हुनु हो । १० ठाउँमा खनेर कुवा बन्दैन । पानी भेटिदैन। एकै ठाउँमा खनौँ।
अन्यथा उही पुरानैहरुले खनेका कुवामा फस्नु पर्नेछ ।
✍️ रतन देवकोटा
प्रतिक्रिया