अख्तियारको टोली पशुपतिमा, मन्दिर खाली गराएर सुरक्षा घेराभित्र जलहरी जाँच

  आइतबार १०, असार २०८० १६:३९

काठमाण्डौँ । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेको छ।  मन्दिरमा दर्शनार्थीलाई रोकेर सुरक्षा घेराभित्र जलहरीको नापजाँच भइरहेको छ।

मन्दिर परिसरलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको घेरामा राखी अयोगको टोलीले जलहरीको नापजाँच गरिरहेको हो । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ।

जलहरी राख्दा अनियमिमता भएको बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ।

अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन्। उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहेरनरहेकोलगायत विषयमा परीक्षण गर्नेछन् ।

clock आइतबार १०, असार २०८० १६:३९

प्रतिक्रिया