काठमाण्डौंबाट धनगढी उडेको श्री एयरको विमानमा प्राविधिक समस्यापछि फिर्ता

  आइतबार १०, असार २०८० ०९:४५

धनगढी । काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरको विमानमा समस्या देखिएको छ। श्री एयरको नोबेम्बर इको विमानमा प्राविधिक समस्या देखिएकाले काठमाण्डौं फिर्ता गएको थियो। धनगढी विमानस्थलका लागि उडेको विमान काठमाण्डौमा अवतरण भएको छ। 

विमानमा के प्राविधिक समस्या देखिएको हो भन्ने खुलेको छैन। श्री एयरका अनुसार ७६ जना यात्रुहरुलाई अर्को विमानमा धनगढी ल्याइएको छ। 

नोबेम्बर शेरा नामक विमानमा यात्रुहरुलाई फेरि श्री एयरलाइनसले धनगढी पठाएको हो। श्री एयरलाइनसका अनुसार ९ बजेर ५० मिनेटमा विमान विमान धनगढी विमानस्थलमा अवतरण हुने छ।

clock आइतबार १०, असार २०८० ०९:४५

प्रतिक्रिया