भलिबल प्रशिक्षक रुपेशको जाले रुमाल नामक म्युजिक भिडियो सार्बजनिक

  बुधबार ०१, असोज २०८२ २०:२८

धनगढी । भलिबल प्रशिक्षक रुपेश बिष्टको “जाले रुमाल” नामक म्युजिक भिडियो इक्च् डिजिटल अफिसियल च्यानल बाट भिडियो सार्बजनिक भएको छ। “जाले रुमाल” आधुनिक प्रेमिल म्युजिक भिडियो हो। जसमा स्वर रुपेश बिष्ट,शब्द डिपि खनाल,संगीत,एरेन्ज,मिक्सिङ सुबास चन्द्र जैशिको रहेको छ।

दाजुभाइ स्टुडियोमा रेकर्ड भएको उक्त म्युजिक भिडियोमा अभिनय सागर खनाल,लक्ष्मी बिष्ट,रुलबि बिष्ट र गायक रुपेश बिष्टको समेत रहेको छ,अभियानमा रहेका लक्ष्मी बिष्ट रुपेश बिष्टको श्रीमती र रुबिला बिष्ट उनको छोरी हुन। निर्देशन र सम्पादन दामोदर गजुरेलको रहेको छ।

रुपेश बिष्ट पेशाले भलिबल प्रशिक्षक हुन,हाल उनि नेपाल प्रहरीको महिला भलिबल टोलिको प्रमुख प्रशिक्षकको रुपमा कार्यरत छन्। उनि नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक समेत हुन। भलिबल खेलाडीको रुपमा सात बर्ष भन्दा बढी कोर्टमा बिताएका उनि पछि खेलकै क्रममा घाइते भएपछि प्रशिक्षकको रुपमा भलिबलमै समर्पित भए,उनले खेलाडी र प्रशिक्षको रुपमा भलिबलमा समर्पित भएको २७ बर्ष भएको छ।

नेपाल प्रहरीको महिला टोलिमा उनि केहि समय सहायक प्रशिक्षक रुपमा रहे त जब उनले प्रमुख प्रशिक्षकको जिम्मेवारी पाए सुरुका दिनहरू कठिन भएपनि पछि उनले नेपाल पुलिस कल्बको महिला टोलि लाई भने एउटा उचाईमा पुर्याए,घरेलु मैदानमा उनि दर्जनौंपटक उत्कृष्ट प्रशिक्षक अवार्ड बाट सम्मानित भएका छन।

सानैदेखि गायनमा रुचि भएपनि पछी उनि भलिबलमा समर्पित भएपछि र नेपाल प्रहरी जस्तो गरिमामय संगठनमा जोडिएकोले समेत उनले आफ्नो जिम्मेवारी निर्बाह गर्ने क्रममा उनले आफ्नो रुचिको पेशा भएपनि गायन लाई अगाडी बढाउन सकेका थिएनन्।

आफ्नो पेशामा कटिबद्ध उनले परिवार लाई समेत चाहे बमोजिम समय दिन पाएनन् र घरमा उनको श्रीमतीले समेत यस्तो राम्रो गाउँन सक्ने भएपनि गायनमा अघि नबढेको गुनासो आइरहेको र श्रीमतीको चाहाना लाई नै पुरा गर्न उनलाई नै समर्पित गर्दै जाले रुमाल रेकर्ड गरेको उनले बताए।

एउटा काममै शिलशिलामा संगीतकार सुभास जोशी संग भेट भएसि भने उनको सल्लाह र उर्जाले “जाले रुमाल” रेकर्ड गरेको बिष्टले बताए। आफ्नो मुख्य पेशा भलिबल भएको र अब आउने दिनमा भलिबल बाट बचेको समयलाई सदुपयोग गर्दै दर्शक,श्रोताले माया गरे अन्य गीतहरू समेत गर्ने बिष्टले बताए।

clock बुधबार ०१, असोज २०८२ २०:२८

प्रतिक्रिया