धनगढीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांकेतिक भाषाको समेत प्रयोग

  शुक्रबार ०८, असार २०८० १२:२०

धनगढी । धनगढी उपमहानगरपालिकाले बिहीवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहीवार नगरप्रमुख गोपाल हमालले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

उपमहानगरपालिकाले दसौं नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पहिलोपटक सांकेतिक भाषाको प्रयोग गरिएको छ।

श्रवण शक्ति नभएका र कम भएका व्यक्तिहरूले नगर सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई बुझ्न् सहज होस् भन्ने उद्देश्यले सांकेतिक भाषाको प्रयोग गरिएको उपमहानगरले जनाएको छ।

clock शुक्रबार ०८, असार २०८० १२:२०

प्रतिक्रिया