धनगढीको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

  शुक्रबार ०८, असार २०८० १२:१७

धनगढी । धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको छ ।

बिहिबार नगर प्रमुख गोपालबहादुर हमालले सभामा पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको हो ।

दशौं नगर सभाको बैठकबाट नीति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए ।

साथै आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित दिवागंत परिवारप्रति सभाले समवेदना व्यक्त गरेको छ ।

clock शुक्रबार ०८, असार २०८० १२:१७

प्रतिक्रिया