आगामी तीन दिन कैलाली कन्चनपुर सहति यी १० जिल्लाका नदीनालामा बाढीको जोखिम
धनगढी। आगामी तीन दिन देशका नदीनालामा पानीको बहाव बढ्ने सक्ने भन्दै सतर्क रहन मौसम पूर्वानुमान छ ।
अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, बाँके, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडी भई बहने केही साना तथा मझौला नदीहरूमा आकस्मिक बहावको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।
ती जिल्ला भई बहने नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, अबका तीन दिन देशका अधिकांश प्रमुख तथा मझौला नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
प्रतिक्रिया