पूर्वप्रधानमन्त्री चन्दकी पत्नीको निधन

  शुक्रबार ०८, असार २०८० ०९:४२

धनगढी । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन भएको छ। सुदूरपश्चिमको बैतडी पुर्ख्यौली घर भएका चन्दकी पत्नी दिव्येश्वरीको ८३ वर्षको उमेरमा निधन भएको हो।

उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए । 

बैतडी कुरकुटया पुरख्यौली घर भएको चन्द परिवार हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएको थियो। पूर्व प्रधानमन्त्री चन्द पत्नी दिव्येश्वरीको त्यहीँ निधन भएको उनका परिवारका सदस्यले बताए।

clock शुक्रबार ०८, असार २०८० ०९:४२

प्रतिक्रिया