डोटीदेखि आइरहेका सालको काठसहित ६ ओटा ट्रक कैलालीबाट नियन्त्रणमा

  बिहिबार ०७, असार २०८० १०:०४

डोटी । डोटीदेखि आइरहेका सालको काठसहित ६ ओटा ट्रक कैलालीबाट नियन्त्रणमा लिइएको छ। 

डोटीको बडिकेदार गाउँपालिका–२ को हरियाली सामुदायिक वनको (६७१.९२ क्यु फिट) र जनमुखी सामुदायिक वनको (२२४८.३४ क्यु फिट) सालको गोलिया कैलालीको चुरे गाउँपालिका–१ चोट्टेको बाटो हुंदै आईरहेको छ भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट खटिएको टोलिले कैलालीको चुरे–१ बाट पक्राउ गरेको हो।

ना ५ ख ८००७, ना ४ ख ८३१९, लु २ ख ५१०३, सु.प.प्र. ०१००१ ख २९९६, ना ७ ख २६१५ र से १ ख १५७४ नम्बरको ट्रकलाई सालको गोलिया लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको हो।

छुट पुर्जी नभएकाले ट्रकहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। उक्त ट्रकहरुलाई आवश्यक कारवाहीको लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय बिपिनगर डोटीमा बुझाईएको छ।

clock बिहिबार ०७, असार २०८० १०:०४

प्रतिक्रिया