मन्त्री सिंहको निधनको शोकमा सुदूरपश्चिम सरकारले दियो बुधवार प्रदेशभर शोक बिदा

  मङ्गलबार ०५, असार २०८० २१:५७

धनगढी ।सुदूरपश्चिम सरकारले बिहीबार शोक बिदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा प्रदेश सरकारले बिदा दिने भएको हो ।

मङ्गलवार धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाइते भएका सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिंहसहित उनकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंह रहेको प्रहरीले जनाएको छ ।

मन्त्रीसहित पाँच जना सवार गाडी मङ्गलवार (आज) दिउँसो करिब अढाई बजे बझाङको केदारस्यूँ गाउँपालिका–१ को देउरामा दुर्घटना भएको थियो । दुर्घटना पश्चात् गम्भीर घाइते भएका मन्त्री सिंह सहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर अस्पताल लगिएकोमा मन्त्री सिंहको अपराह्न ०५ः ३३ बजे मृत्यु भएको थियो भने अन्य दुई जनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

clock मङ्गलबार ०५, असार २०८० २१:५७

प्रतिक्रिया