घाइते मन्त्री सहित तीन जनालाई उपचारका लागि नेपालगञ्ज पठाइयो

  मङ्गलबार ०५, असार २०८० १६:५३

बझाङ । बझाङ दुर्घटनामा घाइते हुनुभएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित घाइते तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। 

बझाङका सहायक जिल्ला प्रमुख अधिकारी सत्यकुमार जोशीका अनुसार मन्त्री सिंहसहित घाइते तीन जनालाई थप उपचारका हेलिकप्टरमार्फत् नेपालगञ्ज पठाइएको हो। 

मन्त्री सिंह, चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको हो।  

डडेलधुराबाट चैनपुर आउने क्रममा कानुनमन्त्री  सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी  केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना भएको हो। गाडी सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो। 

दुर्घटनामा घाइते मन्त्री सिंहकी श्रीमती अमृतादेवी र भाउजू जयलक्ष्मीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उहाँहरुको अवस्था गम्भीर रहेको छ। 

सम्बन्धित शिर्सक
clock मङ्गलबार ०५, असार २०८० १६:५३

प्रतिक्रिया