केएमसीका नवनियुक्त प्रमुख डा. बिष्टलाई उपमहानगरपालकाद्वारा स्वागत

  आइतबार ०१, भदौ २०८२ ११:०१

धनगढी । कैलाली बहुमुखी क्याम्पसका नवनियुक्त प्रमुख डा. लोक बहादुर बिष्टलाई धनगढी उपमहानगरपालकाले स्वागत तथा बधाई दिएको छ । 

आइतबार बिहान नगरप्रमुख गोपाल हमालले आफ्नो कार्यकक्षमै बोलाएर विष्टलाई बधाइ तथा कार्यकालको शुभकामना दिएका हुन ।

उमेरहदका कारण क्याम्पस प्रमुख तोयराज भट्ट सेवा निवृत भएपछि २०५३ सालदेखि कैलाली बहुमुखी क्याम्पसमा अध्यापनरत डा. विष्टलाई सुदूरपश्चिम विश्वविद्यालयको डिन कार्यालयले केहिदिन अघिमात्रै क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो । 

clock आइतबार ०१, भदौ २०८२ ११:०१

प्रतिक्रिया