धनगढीको कैलाली मोडेल स्कुलले ल्यायो कक्षा १२ मा ६६.६६ प्रतिशत नतिजा
धनगढी । धनगढी उपमहानगरपालिका–वडा न. ०४ उत्तरबेहडी स्थित कैलाली मोडेल स्कुलबाट कक्षा १२ को वार्षिक परीक्षामा ६६.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सोमबार प्रकाशित नतिजा अनुसार, कक्षा १२ मा अध्ययनरत २५२ जना विद्यार्थीमध्ये विज्ञान र व्यवस्थापन समूहमा गरी १६८ जना विद्यार्थी उत्तिर्ण भएका हुन ।
उक्त विद्यालयबाट व्यवस्थापन समूहकी रितु रिजालले उत्कृष्ट नतिजा हाँसिल गरेकी छिन । रितुले ३.८५ जिपिए सहित विद्यालय टप गर्न सफल भएकी छिन् । यस वर्ष विद्यलयबाट बाट ८ जना विद्यार्थीले ए प्लस ग्रेड हाँसिल गरेको विद्यालय प्रशासनले जनाएको छ ।
गत वर्ष उक्त विद्यालयका विज्ञान समूहका विद्यार्थी निराजन पाण्डेयले ३.९२ जीपीए ल्याएर सुदूरपश्चिम प्रदेश टप गर्नुका साथै देशभर चौथो स्थान हाँसिल गर्न सफल भएका थिए । कैलाली मोडेल स्कुलले पछिल्ला वर्षहरूमा निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ ।
प्रतिक्रिया