स्वास्थ्यकर्मी तथा मोडल खड्काको ‘चाईनो हजार’ नयाँ डेउडा गीत सार्वजनिक
धनगढी । मोडल अनु खड्काले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ देउडा गीत ‘चाईनो हजार’ सार्वजनिक गरेकी छन्। मंगलवार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीत अनु खड्काको गायन यात्रा सुरु गर्ने पहिलो प्रस्तुति समेत हो।
‘चाईनो हजार’ मा अनु खड्का स्वयंले स्वर दिएकी छन् भने उनीसँग गायक मनोज मनु को समेत युगल आवाज सुन्न सकिन्छ। गीतको शब्द, सङ्गीत र निर्माण पनि मनोज मनुले नै गरेका छन्।
गितको भिडियोमा अनु खड्का स्वयंले अभिनय गरेकी छन् भने उनीसँगै भोजराज जोशी मुख्य भूमिकामा छन्। निर्देशन दीपक पन्तको रहेको भिडियोको छायांकन दीपेश ठगुन्ना ले गरेका हुन्। सम्पादन तथा रंग संयोजन लल्टिन पिक्चर्स बाट गरिएको छ।
गीतमा विशेष उपस्थितिको रूपमा पारु आचार्य, कृष्ण केसी (गुरु), सञ्जय सुनुवार, अर्पण थिङ तामाङ, रेश बीसी, छविबीसी र समर तामाङ को अभिनय पनि देख्न सकिन्छ।
यो मौलिक देउडा गीत सुदूरपश्चिमेली भाषा र संस्कृतिमा आधारित छ, जसले सांगीतिक क्षेत्रमा अनु खड्काको नयाँ पाटो उजागर गरेको छ। गीतलाई छोटो समयमा नै राम्रो प्रतिक्रिया मिलिरहेको छ।
एके डान्स एण्ड जुम्बाको प्रस्तुति रहेको यस गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ कृष्ण बजुरालीले गरेका हुन्।
प्रतिक्रिया