टोपबहादुर रायमाझी र बालकृष्ण खाँडसहित १६ जनालाई जेल चलान गर्न आदेश

  शुक्रबार ०१, असार २०८० १८:४७

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्वउपप्रधान तथा ऊर्जामन्त्री एवम् एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझी र नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित १६ जनालाई जेल चलान गर्न आदेश दिएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले १३ दिन लामो थुनछेक बहसपछि १६ जनालाई जेल चलान र लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

मर्हजनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

clock शुक्रबार ०१, असार २०८० १८:४७

प्रतिक्रिया