उपचारका लागि सिंगापुर गए देउवा दम्पती, एक सातापछि फर्किने

  बुधबार ३१, जेठ २०८० ०८:३७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती उपचारका लागि मंगलबार सिंगापुर गएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा नियमित उपचार’फलोअप’का मंगलबार मध्यराति पत्नी आरजु देउवासहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ।

पेटसम्बन्धी समस्या देखिएपछि केही वर्षअघिदेखि उनले सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन्। उनी २/२ वर्षमा फलोअपमा जानुपर्नेमा यसपटक ३ वर्षमा सिंगापुर गएका हुन्।

देउवा एक सातापछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।

clock बुधबार ३१, जेठ २०८० ०८:३७

प्रतिक्रिया