दार्चुलामा हावाले उडाएको विद्यालयको छानो मर्मत भएन
दार्चुला । दार्चुलामा हावाहुरीले उडाएको विद्यालयको छाना मर्मत हुन सकेको छैन । शैल्यशिखर नगरपालिका – ७ स्थित भैरवनाथ आधारभूत विद्यालयको छानो निर्माणका लागि सम्बन्धित निकायबाट आवश्यक बजेट विनियोजन हुन नसक्दा मर्मत हुन नसकेको हो । छानो मर्मत नहुँदा विद्यालयको पठन पाठन प्रभावित बनेको छ ।
विद्यालयको २०६८ सालमा स्थापना भएको थियो भने यहाँ कक्षा ३ सम्मको पढाई हुन्छ । जहाँ विद्यार्थी सङ्ख्या ३४ जना भएको रेकर्ड भएपनि हाल २५ जना नियमित उपस्थित हुने गरेका छन् ।
बालबालिका त्रास बोकेर पढ्न बाध्य भएपनि भवन निर्माणका लागि स्थानीय सरकारसहित कसैले पनि चासो नदेखाएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया