सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

  मङ्गलबार ३०, जेठ २०८० १६:३०

धनगढी । सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

सभामुख भीमबहादुर भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

‘हुन्छ भन्ने माननिय सदस्यहरुभन्दा हुन्न भन्ने माननिय सदस्यको संख्या न्यून देखिएकोले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु’ सभामुख भण्डारीले भने ।

clock मङ्गलबार ३०, जेठ २०८० १६:३०

प्रतिक्रिया