कैलालीको मजगाउँमा थारु होमस्टे संचालन

  सोमबार ०१, साउन २०८० १३:२२

धनगढी । कैलालीको गोदावरी नगरपालिका– ८ मजगाउँमा ‘मजगाउँ थारु होमस्टे’ (घरबास) सञ्चालनमा आएको छ । थारु खानपान, कला–संस्कृति, वेशभूषाको संरक्षण एवं सम्वर्द्धन गर्न होमस्टे संचालनमा ल्याइएको हो ।

होमस्टेको आइतबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घ सोडारीले उद्घाटन गरेका थिए । उनले होमस्टे अत्तरिया र धनगढीको बीचमा राम्रो सम्भावना भएको क्षेत्रमा स्थापना भएको बताए । उनले होमस्टेमा थारु कला संस्कृती संगै खानाका परिकारको पनि प्रचार प्रसार गरिनुपर्ने बताए ।

कार्यक्रममा पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चुन कुमारी चौधरी, वडा नम्बर ८ का वडा सदस्य गोबिन्द चौधरी लगायतको सहभागिता रहेको थियो ।

थारु होमेस्टे स्थानीय कल्पना चौधरीले संचालनमा ल्याएकी हुन । 

clock सोमबार ०१, साउन २०८० १३:२२

प्रतिक्रिया