दार्चुलामा ‘अपि वेश क्याम्प’ भ्रमण सप्ताह शुरु

  शुक्रबार १५, बैशाख २०८० १३:४७

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिमा ‘अपि वेश क्याम्प’ भ्रमण सप्ताह शुरु भएको छ। बिहीवारदेखि भ्रमण सप्ताह शुरु भएको भएको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए। अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्ने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गरिएको हो।

७ हजार १३२ मिटर उचाईमा रहेको अपि बेश क्याम्पमा पुगेर अपि हिमाल, नाम्पा हिमाल र अन्य प्राकृतिक सम्पदाहरुको बारेमा जानकारी दिने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गरिएको अध्यक्ष बोहराले बताए। भ्रमण सप्ताहमा सहभागिताका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी लगायतको टोली पुगेको छ।

पहिलो टोली आज पालिकादेखि अपि बेस क्याम्पका लागि हिँडेको छ भने दोश्रो टोली वैशाख १७ गते र तेश्रो टोली वैशाख १९ गते वेश क्याम्पका लागि हिड्ने गाउँपालिकाकी उपाध्यक्ष देवकी बोहराले बताइन्। अपि वेश क्याम्पमा पुगेपछि अपि हिमाल, नाम्पा हिमाल, जेठी बहुरानी हिमाल लगायतको दृश्वालोकन गर्न पाइनेछ भने वेश क्याम्पमा रहेका विभिन्न तालहरुको समेत दृश्यवालोकन गर्न पाइने अध्यक्ष बोहराले बताए ।

clock शुक्रबार १५, बैशाख २०८० १३:४७

प्रतिक्रिया