कैलालीका नदीमा वहाव बढेसँगै देखिन थाले डल्फिन

  बुधबार ०३, साउन २०८० १०:१८

धनगढी । कैलालीका नदीमा वहाव बढेसँगै डल्फिन देखिन थालेका छन्। कैलाली जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा रहेका नदीहरुमा पाईने विश्वमै दुर्लभ डल्फिन यस वर्ष पनि देखिन थालेको हुन्। कैलालीको टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको संगमस्थल पथरैया, काँडा र मोहना नदीको त्रिवेणीमा पाइने गर्दछ।

नदीको वहाव बढेसँगै पथरैया, काँडा र मोहना नदीमा देख्न पाइने डल्फिनका साथै ओत, कछुवा, गोही, पन्छी, लोपोन्मुख माछा समेत पाईने गर्दछन्। बर्षात्का चार महिना असार, साउन, भदौ र असोज डल्फिन देखा पर्दछन्। डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि ४ महिना मात्रै बस्ने गर्छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तुमध्ये डल्फिन पनी एक हो। कैलालीका नदिहरुमा भेटिने डल्फिनको संरक्षण र सम्बद्र्ध गर्न सक्ने यस क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने देखिन्छ।

clock बुधबार ०३, साउन २०८० १०:१८

प्रतिक्रिया