सुदूरपश्चिम सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्ने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ।
संविधानले व्यवस्था गरे अनुसार प्रदेश सरकारले असार १ गते सभामा वार्षिक बजेट प्रस्तुत गर्न लागेको हो। प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि आज ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए।
आगामी आर्थिक वर्षको बजेट तयारीको कार्य पूरा भइसकेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ। बजेटको सबै काम पूरा भएको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया