सुदूरपश्चिममा ''विद्यार्थीसँग अखिल क्रान्तिकारी'' अभियान सुरु
धनगढी । नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले ''विद्यार्थीसँग अखिल क्रान्तिकारी'' अभियान सुरु गरेको छ । ३ महिने सङ्गठन शुद्धीकरण अभियान स्वरूप क्रान्तिकारीले विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियान सुरु गरेको हो ।
सोमबार कैलाली बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष एवं अभियानका सुदूरपश्चिम कमान्डर उमेश कँडेललाई माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिमका कार्यवाहक इन्चार्ज खगराज भट्टले झन्डा हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।अभियानको शुभारम्भ गर्दे प्रमुख अतिथि भट्टले अखिल क्रान्तिकारी हरेक विद्यार्थीका मनमा बस्नुपर्ने बताए ।
अभियानको उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका विद्यार्थी इन्चार्ज लच्छीराम आचार्य, बैतडी पार्टीका जिल्ला संयोजक शङ्कर भण्डारी लगायतका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्रान्तिकारीले देशैभर ३ महिने सङ्गठन सुदृढीकरण एवम् शैक्षिक जागरण अभियान थालेको हो। अभियानकै क्रममा सोही क्याम्पास्का विधार्थीहरुसँग विद्यार्थीका समस्या र समाधान विषयक संवाद कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
प्रतिक्रिया